फोर्टी फाइभ प्लस भेट्रानको सेमिफाइनल समिकरण पूरा
पाेखरा | चैत २७, २०८०
पोखरा: पोखरा रंगशालामा अमरसिंह ब्वाइज क्लबको आयोजनामा जारी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान प्रतियोगितामा ढोलाहिटी, हेटौडा, चितवन र एबिसी भेट्रान सेमीफाइनलको यात्रा तय गरेका छन ।
मंगलबार सम्पन्न पहिलो खेलमा ढोलाहिटी फ्रीडमले लेकसाइड भेट्रान्सलाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा ढोलाहिटीको तर्फबाट राजकुमार केसी र तेज बहादुर झलारीले १÷१ गोल गरेका थिएभने लेकसाइड भेट्रान्सका शिव बहादुर भट्टराइले शान्तवना गोल गरेका थिए ।
दोश्रो खेलमा हेटौडा भेट्रान्सले संगम भेट्रान्सलाई ३—० गोल अन्तरले पराजित गर्न सफल भयो । उक्त खेलमा हेटौडाका जगतमान लामा, बिजय श्रेष्ठ र प्रदिप लामाले गोल गरेका थिए ।
मंगलवार सम्पन्न अन्तिम खेलमा चितवन भेट्रान र एक्स वारिअर बिच निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि टाइब्रेकरमा ३—२ गोल गर्दै चितवन भेट्रान्स अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।
खेलमा चितवन भेट्रान्सका गोलरक्षक छुन्नुराम चौधरी म्यान अफ द म्याच घोषित भए । चौधरीले एक्स वारिअरका तिल कुमार गुरुङले प्रहार गरेको बल रोक्न सफल भएका थिए ।
प्रतियोगितामा बुधवार पहिलो खेल ढोलाहिटी र चितवन बीच र दोश्रो खेल हेटौडा र आयोजक एबिसी बिच फाइनलको लागि प्रतिस्पर्धा हुनेछ । ९ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको बिजेताले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड र मेडल प्राप्त गर्ने छन भने उपबिजेताले नगद ७७ हजार ७ सय ७७, शिल्ड र मेडल प्राप्त गर्ने आयोजक अमरसिंह ब्वाइज क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

